गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

स्याङ्जा

हाम्रा कार्यहरु


कार्यालयको उद्देश्य

  • केन्द्रमा आएका र अन्य स्थानबाट प्रेषण गरिएको बिरामीहलाई चिकित्सा सेवा पुर्‍याउने  । प्रेषण गर्नु पर्ने  बिरामीलाई साधन सम्पन्न स्थानमा प्रेषण गर्ने ।
  • स्वास्थ्य सम्बर्दनका लागि उचित सल्लाह एवं रोगबाट बच्ने उपायहरुद्वारा समाजमा स्वास्थ्य सम्बन्धी जनचेना जगाउने ।
  • विभिन्न  किसिमका संक्रामक रोगहरुबाट बच्ने उपायहरुको बारेमा स्वास्थ्य सल्लाह प्रदान गर्ने र तिनीहरुको सम्बन्धित निकायमा नियन्त्रणमा सहयोग पुर्‍याउने ।
  • स्तनपायी आमालाई स्तन्यबर्धक(दुध आउनें) औषधी जेष्ठ नागरिकलाई रसायन औषधी वितरण र योग तथा पञ्चकर्म सम्बन्धी सेवाहरु सञ्चालन गर्ने ।
  • नेपाल सरकार/प्रदेश सरकारबाट प्राप्त औषधिहरुको सुव्यवस्थित ढंगबाट वितरण गर्ने गराउने ।
  • स्थानीयस्तरमा उपलब्ध जडिबुटीबाट औषधि तयार गरी बिरामीलाई वितरण गर्ने ।
  • स्थानीय केन्द्रको परिसरमा नमूना जडिबुटी उद्यान बनाउने तथा औषधि जडिबुटीसंग सम्बद्ध वन, कृषि, सामुदायिक वन आदि सरकारी, गैर सरकारी निकायहरुसँग अन्तर संस्थागत समन्वय कायम गरी औषधि जडिबुटीहरुको उत्पादन, संकलन, संरक्षण, सम्वर्धन तथा त्यसको अधिकाधिक औषधिको रुपमा प्रयोग सम्बन्धमा सरोकारवालाहरुलाई तालिम गोष्ठी आदि गरी ज्ञान दिलाउने ।
  • स्थानीय जडिबुटीको लगत तथा हर्वेरियम तयार गर्ने ।
  • जिल्ला अन्तर्गत आयुर्वेद औषधालयहरुको प्राविधिक, प्रशासनिक, सुपरिवेक्षण मूल्यांकन गर्ने तथा अन्य कार्यक्रमहरुमा सहयोग गर्ने ।
  • जडिबुटी तथा बिरामीहरुको तथ्यांक केन्द्रमा उपलव्ध गराउने ।
  • अन्य विभागीय निर्देशन अनुसार गर्ने गराउने ।